कृषि तथा औद्यौगिक मेला चैत १५ देखि

शुभ खबर,  ‘बूढीगंगाको पहिचान हाम्रा अभियान’ नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको छ ।

मेला आयोजक समाज विकास केन्द्र नेपालद्वारा शनिबार यहाँ पत्रकार सम्मेलनमा यही चैत १५ देखि २५ गतेसम्म बूढीगंगा–३ गकुवा चौकमा आयोजना गरिने मेलामा ४९ वटा स्टल रहने जानकारी गराइयो । मेलामा मोरङ सुनसरी औद्योगिक क्षेत्रका उत्पादन, चाउचाउ, बिस्कुट, जुत्ता, चप्पल, कृषि यान्त्रीकरणका साथै झापा, इलाम, धनकुटा, भोजपुर लगायतका जिल्लाका घरेलु उत्पादन र कृषि उत्पादन बिक्री–वितरणका लागि राखिने केन्द्र अध्यक्ष नगेन्द्र मण्डल राजवंशीले बताउनुभयो । मेलामा स्थानीय थारू, राजवंशीको मौलिक खाद्य परिकारका भक्का बगिया राखिने भएको छ ।

नेपालका लोकप्रिय साथै स्थानीय कलाकारको दैनिक सांस्कृतिक प्रदर्शन गरिने कला संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो । मेला सञ्चालन गर्न रु ३८ लाख खर्च लाग्नेछ भने रु दुई करोड बराबरको विभिन्न सामग्री बिक्री–वितरण हुने अनुमान आयोजकले गरेको छ । यसअघि दुई पटक कृषि मेला आयोजना गरिएको मेलाका सल्लाहकार कुमार कोइरालाले बताउनुभयो ।

गोरखापत्र अनलाईन बाट

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतवार १९:१८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो