पन्ध्र अर्बभन्दा बढीको सहयोग

शुभ खबर, एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गर्नुभयो ।

यसैगरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गर्नुभयो ।

उक्त परियोजनाअन्तर्गत काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ ।

त्यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत व्यापार सहजीकरणका निम्ति भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम कार्यान्वयन गर्न बैंकले रु दुई अर्ब १३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गर्नुभयो ।

उक्त रकम आगामी पाँच वर्षभित्रमा उपयोग गरिसकिने अर्थ मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : २०७४, २६ भाद्र सोमबार ०१:२२

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

शुभ खबर,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको […]

२०७४, २९ मंसिर शुक्रबार १२:३८
आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

शुभ खबर, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य […]

२०७४, २९ मंसिर शुक्रबार १२:१०
यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

शुभ खबर, प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री […]

२०७४, २८ मंसिर बिहीबार १८:१३
पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

“प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक […]

२०७४, २८ मंसिर बिहीबार १७:०७
निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना शुभ खबर, कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा […]

२०७४, २८ मंसिर बिहीबार १३:४३
महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

शुभ खबर, एक सय ६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा १ सय ४६ सिटको परिणाम आउँदासम्म पाँच जना मात्रै महिलाले जितेका छन् ।सोमबार […]

२०७४, २७ मंसिर बुधबार ०९:०१
भिडियो